काठमाडौँ । नेपाली बजारमा बुधबार सुन र चाँदीको दुवैको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन हजार तीन सय रुपैयाँले घटेको हो ।
महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९२ हजार रुपैयाँ कायम गरिएको छ । अघिल्लो दिन सुन प्रतितोला दुई लाख ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्यमा पनि गिरावट आएको महासंघले जनाएको छ । आज चाँदी प्रतितोला १२५ रुपैयाँले घटेर चार हजार नौ सय ६० रुपैयाँमा झरेको छ ।
बुधबार चाँदीको मूल्य प्रतितोला पाँच हजार ८५ रुपैयाँ थियो । आज १० ग्राम चाँदीको मूल्य ४ हजार २ सय ५० रुपैयाँ कायम भएको छ ।








