धादिङ । धादिङ अस्पताल मा उपचारका क्रममा एक किशोरीको मृत्यु भएपछि अस्पताल परिसरमा तनावपूर्ण अवस्था सिर्जना भएको छ ।नीलकण्ठ नगरपालिका–१३ की १८ वर्षीया किशोरीको उपचारकै क्रममा मृत्यु भएको भन्दै आफन्तहरूले अस्पतालको लापरवाहीका कारण घटना भएको आरोप लगाएका छन् । उनीहरूले घटनाको निष्पक्ष छानबिनको माग गर्दै विरोध प्रदर्शनसमेत गरेका छन् ।

मृतकका आफन्त तथा स्थानीयवासीले अस्पताल प्रशासनविरुद्ध नाराबाजी गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन् । घटनापछि समस्या समाधानका लागि अस्पताल प्रशासन र मृतक पक्षबीच पहिलो चरणको वार्ता बसेको थियो ।तर, उक्त वार्ता कुनै निष्कर्षमा पुग्न नसकेपछि स्थगित गरिएको छ । दुवै पक्षबीच सहमति खोज्ने उद्देश्यले आजै पुनः वार्ता बस्ने तयारी गरिएको छ ।

स्थिति अझै संवेदनशील रहेकाले अस्पताल क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।