राजविराज।सप्तरी जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित सप्तकोशी ब्यारेजमा नुहाउने क्रममा डुबेर एक किशोरको मृत्यु भएको छ।मृत्यु हुनेमा हनुमाननगर कङ्कालिनी नगरपालिका–३ पोर्ताहा बस्ने दिपेन्द्र यादवका १७ वर्षीय छोरा रिपेशकुमार यादव रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार रिपेश साथीहरूसँग ब्यारेजको गोलघर नजिक कोशी नदि मा नुहाउने क्रममा अचानक डुबेर बेपत्ता भएका थिए। घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय भारदहबाट खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले तत्काल खोजी अभियान सञ्चालन गरेको थियो।

ADVERTISEMENT

खोजीका क्रममा गम्भीर अवस्थामा फेला परेका उनलाई उपचारका लागि भारदह अस्पताल लगिएको थियो। तर चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

ADVERTISEMENT

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।