काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनचाँदी दुवैको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार ८०० रुपैयाँ बढेर तीन लाख १७ हजार रुपैयाँ कायम भएको छ। सोमबार सुनको मूल्य प्रतितोला तीन लाख १३ हजार २०० रुपैयाँ थियो ।
चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला पाँच हजार ७२० रुपैयाँ पुगेको छ ।
सोमबार चाँदी प्रतितोला ५ हजार ४१० रुपैयाँ र १० ग्राम ४ हजार ६३८ रुपैयाँ थियो। यसअनुसार चाँदी प्रतितोला ३१० रुपैयाँले बढेको महासंघले जनाएको छ।










