काठमाडौं। आगामी फाल्गुन २१ गते तय गरिएको प्रतिनिधि सभा निर्वाचनलाई ध्यानमा राख्दै सरकारले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन प्रक्रियालाई सहज बनाउन चैत २०, २१  र २२ गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

निर्वाचन आयोगले मतदान कार्य शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्न सार्वजनिक बिदा घोषणा गर्न सरकारलाई सुझाव दिएको थियो। सोही सिफारिसका आधारमा मन्त्रिपरिषद्ले बिदा स्वीकृत गरेको जनाइएको छ।

यसका साथै निर्वाचनपछि पनि लगातार दुई दिन सार्वजनिक बिदा पर्नेछ। चैत २३ गते शनिबार साप्ताहिक बिदा रहेको छ भने चैत २४ गते अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सार्वजनिक बिदा रहनेछ। यसरी निर्वाचन आसपास पाँच दिनसम्म निरन्तर बिदा पर्ने भएको छ।