काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को कार्यसमिति सदस्य पदमा नेपाल प्लाइउड उत्पादक संघका अध्यक्ष होमप्रसाद घिमिरे निर्वाचित भएका छन्।
वस्तुगततर्फको कार्यसमिति सदस्य पदका उम्मेदवार रहेका घिमिरे ५१ मत प्राप्त गर्दै विजयी भएका हुन्। महासंघको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा उनले उल्लेखनीय मतसहित जित हासिल गरेका हुन्।
घिमिरेको विजयसँगै प्लाइउड उद्योगको प्रतिनिधित्व महासंघमा थप सशक्त हुने अपेक्षा गरिएको छ। निजी क्षेत्रका विविध उद्योगको आवाज महासंघभित्र अझ प्रभावकारी रूपमा उठ्ने विश्वास समेत गरिएको छ।
उद्योगी व्यवसायीहरूले घिमिरेको निर्वाचनले उत्पादनमूलक उद्योग, विशेषगरी प्लाइउड क्षेत्रका समस्या समाधान तथा नीतिगत सुधारका विषयमा सकारात्मक पहल हुने अपेक्षा व्यक्त गरेका छन्।








