काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेको छ । बिहीबार सुर्खेतमा आयोजित कार्यक्रममार्फत रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र साह बालेन, उपसभापति स्वर्णिम वाग्लेलगायतले बाचापत्र सार्वजनिक गरेका हुन् ।

पार्टीका उपसभापति वाग्लेले वाचापत्र सार्वजनिक गर्दै पार्टीले सरकारमा के गर्न भन्नेबारे विस्तृतमा जानकारी गराए । उनले फागुन २१ को निर्वाचन एक थान चुनावमात्रै नभएको भन्दै फागुन २१ पछि देशले आमूल सुधारको यात्रा तय गर्ने बताए । उनले रास्वपाको वाचापत्रमा मध्यम वर्गलाई केन्द्रमा राखेको दाबी गरेका छन् ।

ADVERTISEMENT

‘लोकतन्त्र सुरक्षित हुन मध्यम वर्गको आकार ठुलो हुनुपर्ने भयो । मध्यम वर्ग सुरक्षित हुनुपर्ने भयो । र, मध्यम वर्ग भविष्यप्रति आशावादी हुनुपर्ने भयो,’ वाग्लेले भने, यसैले त्यही मध्यम वर्गलाई केन्द्रमा राखेर वाचापत्र ल्याएको छ ।’