काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार बढेर बन्द भएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८.९७ अंक बढेर २६७१.०७ विन्दुमा उक्लिएको छ। साताको पहिलो कारोबार दिनदेखि घटिरहेको नेप्से आज भने बढेर बन्द भएको हो।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। बुधबार आठ अर्ब ६९ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज ३३७ स्टकको एक लाख ६ हजार १८ पटकको कारोबारमा ११ अर्ब १० करोड २५ लाख ५० हजार रुपैयाँबराबरको २ करोड ७७ लाख ८० हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

ADVERTISEMENT

आज ङादी ग्रुप पावर कम्पनीको ७० करोड ५३ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। यस्तै, एसवाई प्यानल नेपालको करिब साढे ४३ करोड र रिडी पावरको करिब ४२ करोड रुपैयाँको सेयर कारोबार भएको छ।

बिहीबार मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको सेयरमूल्य २८ रुपैयाँ ५० पैसा बढेर ३१३ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ। रसुवागढी हाइड्रोपावरको सेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने खानी खोला हाइड्रोपावरको शेयरमूल्य ७ प्रतिशत बढेको छ।

१३ उपसमूहमध्ये आठ उपसमूहको परिसूचक बढेको र पाँच उपसमूहको परिसूचक घटेको छ। विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १।१८ प्रतिशत बढेको छ। जलविद्युत उपसमूहको परिसूचक करिब १ प्रतिशत बढेको छ ।