काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल धनुषा पुगेकी छन्।
धनुषामा रहेकी मन्त्री रावलले जिल्लाका प्रमुख जिल्ला अधिकारी, नापी तथा मालपोत कार्यालयका अधिकारी तथा विभिन्न पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूसँग छलफल गरिरहेकी छन्।
छलफलमा जिल्लाको प्रशासनिक अवस्था तथा भूमि व्यवस्था र स्थानीय तहसँग सम्बन्धित विषयमा कुराकानी भइरहेको छ। यद्यपि छलफलका विस्तृत एजेन्डा र निर्णयबारे थप विवरण सार्वजनिक भएको छैन।












