काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायक संस्था भिसा इन्टरनेसनलका दुई प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ ।

भिसा इन्टरनेसनलले आयोजना गरेको ‘भिसा लिडरसिप कन्क्लेभ’ कार्यक्रममा बैंकलाई ‘एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन’ र ‘एक्सिलेन्स इन भ्यालु एडेड सर्भिसेज’ विधामा अवार्ड प्रदान गरिएको हो ।

ADVERTISEMENT

बैंकका अनुसार ग्राहकको बदलिँदो आवश्यकता र अपेक्षालाई ध्यानमा राख्दै भिसाअन्तर्गतका नवीन बैंकिङ सेवाको विकास तथा विस्तार गरेको योगदानस्वरूप यी अवार्ड प्राप्त भएका हुन् । डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धन, नवीन बैंकिङ समाधानको कार्यान्वयन तथा ग्राहकलाई थप सेवा र सुविधा उपलब्ध गराउन बैंकले गरेको कामलाई सम्मान गरिएको जनाइएको छ ।

ADVERTISEMENT

ग्लोबल आईएमई बैंकले यसअघि पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्दै आएको छ । बैंकले सन् २०१४ मा ‘बैंक अफ द इयर’, सन् २०१६ मा ‘बेस्ट इन्टरनेट बैंक’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरेको जनाएको छ ।

त्यस्तै, युरोमनी अवार्ड फर एक्सिलेन्स, बेस्ट बैंक ईएसजी नेपाल र बेस्ट इम्प्लोयरलगायतका सम्मानसमेत बैंकले प्राप्त गरिसकेको छ ।

ग्लोबल आईएमई बैंक नेपालका सबै ७७ जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने पहिलो निजी क्षेत्रको वाणिज्य बैंक हो । बैंकले हाल ३४१ शाखा, ३६६ एटीएम, १३६ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीनवटा विदेशस्थित प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको छ ।

बैंकले अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई र भारतलगायतका मुलुकबाट औपचारिक माध्यममार्फत रेमिट्यान्स भित्र्याउँदै आएको जनाएको छ ।