काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.३२ अंकले बढेर २६५५.९९ बिन्दुमा पुगेर बजार बन्द भएको हो । मंगलबार ३१९ कम्पनीका ५ अर्ब ८२ करोड ३० लाख २८ हजार ६ सय ६३ लाख रुपैयाँ बराबर कारोबार भएको छ ।

मंगलबार बन्दीपुर केवलबारको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २६ करोड ९९ लाख रुपैयाँ संकलन हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७ सय ९२ रुपैयाँ पुगेको छ ।

ADVERTISEMENT

त्यस्तै, हिमालयन लाइफ इन्स्योरेन्स, ङादी ग्रुप, युनियन हाइड्रपावर, शिवम सिमेन्ट, एनआरएन इनफ्राष्ट्रक्चर, बरुण हाइड्रोको सर्वाधिक कारोबार भएको छ ।