काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६.०५ अंक घटेर २६७२.३९ विन्दुमा झरेको छ। अघिल्लो कारोबार दिन अर्थात् आइतबार पनि नेप्से घटेको थियो ।

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। आइतबार ११ अर्ब ६५ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको थियो । आज ३२४ स्टकको एक लाख २ हजार २८१ पटकको कारोबारमा १० अर्ब ७७ करोड ३९ लाख १५ हजार रुपैयाँबराबरको दुई करोड ६७ लाख ६६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

ADVERTISEMENT

सोमबार रिडी हाइड्रोपावर कम्पनीको ७७ करोड १९ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। त्यस्तै, एसवाई प्यानल नेपालको ५४ करोड र आँखु खोला जलविद्युत कम्पनीको ४८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

ADVERTISEMENT

आज खानी खोला हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ९.९७ प्रतिशत बढेको छ। रिडी हाइड्रोपावरको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी र लिबर्टी इनर्जीको सेयरमूल्य करिब ८ प्रतिशत बढेको छ।

१३ उपसमूहमध्ये एक उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक २।२९ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन विकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।