काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १०.२५ अंक घटेर २६६२.१४ विन्दुमा झरेको छ। कारोबारको पहिलो दिन आइतबारदेखि नेप्से घटेको घट्यै छ ।

नेप्सेसँगै कारोबार रकम पनि घट्दो क्रममा छ। सोमबार १० अर्ब ७७ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । तर आज बजारमा ३२४ स्टकको ८९ हजार ८३६ पटकको कारोबारमा आठ अर्ब ६१ करोड ६४ लाख १० हजार रुपैयाँबराबरको दुई करोड १७ लाख १५ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ४५ करोड २८ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। आँखु खोला जलविद्युत कम्पनीको साढे ४० करोड रुपैयाँभन्दा बढी र रिडी पावर कम्पनीको कारोबार रकम साढे ३८ करोड रुपैयाँ नाघेको छ।

ADVERTISEMENT

आज कालिञ्चोक दर्शनको सेयरमूल्य सर्वाधिक ६.३६ प्रतिशत बढेको छ। यस्तै, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सयरमूल्य ५ प्रतिशतभन्दा बढी र आरबिबी फोकस ४० को इकाईमूल्य ४ प्रतिशत बढेको छ। कारोबारमा आएको कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक ५।२४ प्रतिशत घटेको छ।

ADVERTISEMENT

 

ADVERTISEMENT