काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १८.४० अंक घटेर २४८७.१७ विन्दुमा झरेको छ।

पछिल्ला दुई कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

नेप्से घटे पनि यस दिन कारोबार रकम भने सामान्य बढेको छ। बुधबार तीन अर्ब १० करोडको सेयर खरिदबिक्री भएकोमा आज ३११ स्टकको ३६ हजार ५३१ पटकको कारोबारमा तीन अर्ब २७ करोड ५४ हजार रुपैयाँबराबरको ७६ लाख ४३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

ADVERTISEMENT

मुक्तिनाथ विकास बैंकको १५ करोड ३० लाख, नेपाल पुनर्बीमा कम्पनीको १३ करोड, शिवम् सिमेन्ट्को कारोबार ११ करोड रुपैयाँ नाघेको छ।
हिमालयन पावर पार्टनरको सेयरमूल्य सर्वाधिक ९.९३ प्रतिशत बढेको छ।

ADVERTISEMENT

कालिका लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी बढेको छ भने बाँकी स्टकहरुको मूल्य वृद्धिदर ४ प्रतिशतभन्दा कम छ। कारोबारमा आएको समाज लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ।

ADVERTISEMENT

बिहीबार १३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक बढेको र ११ उपसमूहको परिसूचक घटेको छ।