काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह बालेनले प्रदेशलाई बलियो बनाउनुपर्ने बताएका छन् । सोमबार जनकपुरधामको तिरहुतियामा चुनावी सभामा सम्बोधन गर्दै उनले काठमाडौंमा अधिकार माग्न नभई घुम्न जाने बताएका छन्।

बालेनले सोमबार मैथिली भाषामै भाषण गर्दै प्रदेश सरकारलाई बलियो बनाउने बताउँदै अधिकारका लागि काठमाडौं धाउनु नपर्ने बताएका हुन्। अहिलेसम्म बालेन संघीयताको पक्षमा खुलेका थिएनन् । तर यसपटक भने उनले प्रदेशलाई नै बलियो बनाउनुपर्ने बताए ।

बालेनले आफू मेयरको पदबाट राजीनामा दिएसँगै फुर्सदमा भएकाले भाषण दिन आएको बताए। काठमाडौंको मेयर हुँदा ३५ वटा स्थानीय तहलाई एम्बुलेन्स वितरण गर्न सक्ने, ३० हजार विद्यार्थीलाई छात्रवृत्ति दिनसक्ने, ठूला अस्पतालमा १० प्रतिशत निःशुल्क उपचारको व्यवस्था मिलाएको बताए । त्यसैले संघ सरकारमा जान सके धेरै काम गर्ने बताए ।