काठमाडौं । रास्वपाले संसदीय दलको नेतामा बालेन्द्र साह बालेनलाई सर्वसम्मत चयन गरेको छ । सभापति रवि लामिछानेको प्रस्तावमा सर्वसम्मत दलको नेता चयन गरिएको हो ।

बिहीबार बसेको केन्द्रीय समिति बैठकमा सभापति लामिछानेले बालेनलाई संसदीय दलको नेता चयन गर्ने प्रस्ताव राखेका थिए । उक्त प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको हो। यो सँगै अब रास्वपाले दलको नेतृत्व टुंगो लगाएको छ । आजै बस्ने संसदीय दलको बैठकले केन्द्रीय समिति बैठकको निर्णय अनुमोदन गरेपछि औपचारिकता पाउने छ ।

रास्वपाले राष्ट्रपति रामचन्द्र पौडेललाई संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्न पत्र पठाउने छ । राष्ट्रपति पौडेलले बालेनलाई शुक्रबार बिहान प्रधानमन्त्री नियुक्त गर्ने भएका छन् । बालेनले भोलि रामनवमीको दिनमै प्रधानमन्त्रीको शपथ लिने भएका छन् ।