काठमाडौं । झापा–५ बाट उम्मेदवार बनेका रास्वपा वरिष्ठ नेता बालेन्द्र साह बालेन मतदातासँगको छलफलमा जुटेका छन् ।
मंगलबार उम्मेदवारी दर्ता गरेका बालेन बुधबार बिहानै घरदैलो अभियानमा निस्किएका हुन् । दमक–५ स्थित सम्पर्क कार्यालयबाट स्थानीय मतदातासँग उनले निर्वाचनका विषयमा भेटवार्ता अघि बढाएका हुन् ।
मंगलबार मनोनयको दिन दलबलसहित उम्मेदवार दर्ता गराएका बालेनले चुनाव लक्षित सक्रियता बढाएका छन् । उनले सम्पर्क कार्यालयका साथै अन्यत्र पनि मतदातालाई भेट्न थालेका छन् ।
झपा ५ मा एमाले अध्यक्ष केपी ओलीसँग भिड्न बालेनले दिएको उम्मेदवारीलाई देशभरबाट चासोका साथ हेरिएको छ ।




