काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद महन्थ ठाकुरले प्रधानमन्त्री बालेन्द्र साहको कार्यशैलीको कडा आलोचना गर्दै उनलाई ‘नेपाली हिटलर’को संज्ञा दिएका छन्।

बुधबार राष्ट्रियसभाको बैठकमा बोल्दै ठाकुरले सरकार प्रशासन सञ्चालनमा असफल भएको, जनतालाई दिइएका आश्वासन पूरा गर्न नसकेको र कर्मचारी प्रशासनमाथि हस्तक्षेप गरेको आरोप लगाए।

उनले सरकारले राजनीतिक दलका कार्यालयमा हस्तक्षेप गरेको, फर्निचर जलाउनेजस्ता गतिविधि भएको तथा दलहरूमाथि निरन्तर आक्रमण भइरहेको दाबी गरे। यस्तै, ट्रेड युनियन र विद्यार्थी संगठनमाथि पनि सरकारले दमन गरेको आरोप उनले लगाए।

ADVERTISEMENT

शिक्षा र स्वास्थ्य क्षेत्रको प्रसंग उठाउँदै ठाकुरले निजी विद्यालय र नर्सिङ होममाथि भइरहेको कडाइले लाखौँ विद्यार्थी, शिक्षक तथा स्वास्थ्य क्षेत्रमा नकारात्मक असर पर्ने चेतावनी दिए।

ADVERTISEMENT

सांसद ठाकुरले प्रधानमन्त्री साहको कार्यशैली निरंकुश बन्दै गएको आरोप लगाउँदै सरकारले लोकतान्त्रिक मूल्य र संस्थाहरूको सम्मान गर्नुपर्ने धारणा व्यक्त गरे।