काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो दिन घटेको सुनको मूल्य आज फेरि बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य ३१०० रुपैयाँले बढेको छ । आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला दुई लाख ६८ हजार १०० रुपैयाँ कायम भएको छ ।अघिल्लो दिन एक तोला सुन दुई लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य १९५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला चार हजार ८८० सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।