काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्यारेन्स लिमिटेडले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सेयरधनीहरुलाई ८.४२ प्रतिशत लाभांश घोषणा गरेको हो ।
कम्पनीको हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र ४.२ प्रतिशत नगद लाभांश (करसहित) कुल ८.४२ प्रतिशत लाभांश घोषणा गरेको हो ।
साथै, उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट पारित गरे प्रश्चात लगानीकर्ताले पाउँनेछन् ।





