काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले गत आवको मुनाफाबाट सेयरधनीलाई नगद लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर ९ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ६.४० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

साथै, उक्त प्रस्तावित नगद लाभांश नेपाल राष्ट्र बैकको स्वीकृति लिई कम्पनीको आगामी ३१औं वार्षिक साधारण सभामा प्रस्ताव पेश गरिने गर्ने कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।

ADVERTISEMENT

 

ADVERTISEMENT