काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सेयरधनीहरुलाई १२ प्रतिशत लाभांश घोषणा गरेको हो ।
कम्पनीको हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश (करसहित) दिने निर्णय गरेको छ ।
साथै, उक्त प्रस्तावित लाभांश नेपाल राष्ट बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण योग्य हुने कम्पनीले जानकारी दिएको छ ।





