काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आव ०८२/०८२ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सेयरधनीहरुलाई ७ प्रतिशत लाभांश घोषणा गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको ६.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।
उक्त निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई सकेपछि र कम्पनीको वार्षिक साधारणसभाले पारित गरिसकेपछि सम्बन्धित सेयरधनीहरूमा वितरण गर्ने एक सूचनामार्फत कम्पनीले जानकारी दिएकाे छ ।





