काठमाडौं । युनाइटेड ईदी मर्दी आरबी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०८१/०८२ को मुनाफाबाट सेयरधनीलाई लाभांश् घोषणा गरेको छ । कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको निर्णय अनुसरा सेयरधनीहरुलाई कुल ५.२६ प्रतिशत लाभांश घोषणा गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने भएको छ ।
साथै, उक्त लाभांश आगामी १६ औं बार्षिक साधारणसभामा प्रस्ताव पेश गर्ने निर्णय गरेको कम्पनीले एक् सूचनामार्फत जानकारी दिएको छ ।





