काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले गत आवको मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक २५ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सेयरधनीलाई कुल ४२ प्रतिशत बोनस सेयर घोषणा गरेको हो ।
कम्पनीको हाल कायम चुक्ता पुँजीको ४० प्रतिशत बोनस सेयर र २.१०५ प्रतिशत नगत लाभांश (करसहित) दिने निर्णय गरेको छ । कम्पनीले उक्त लाभांश प्रस्ताव पारितको लागि पुस ४ गते १३ औं वार्षिक साधारण सभा बोलाएको छ । सभा आम्रपाली बैंक्वेट काठमाडौंमा बिहान ९ बजे आव्हान गरेको छ ।
सभाले सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीको आधारमा शतप्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभामा गत आवको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ ।
सभामा चालु आवका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिक्षमिक निर्धारण सम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ ।






