काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्सयोरेन्सले गत आवको मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २५ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सेयरधनीहरुलाई ५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
कम्पनीको हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ।
उक्त निर्णय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सम्बन्धित लाभांश सेयरधनीहरुले पाउँनेछन् ।





