काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा डेबिट कार्ड प्रयोगकर्ताहरूले ९९ लाख कारोबारमार्फत ७९ अर्ब ५ करोड बराबरको कारोबार गरेका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो ।
त्यसैगरी, मोबाइल बैंकिङअन्तर्गत ५ करोड ८८ लाख कारोबारमार्फत ४ खर्ब ४६ अर्ब १८ करोड कारोबार भएको छ । क्युआर कोड भुक्तानीअन्तर्गत ३ करोड ६४ लाख (कारोबार सङ्ख्या) कारोबारमार्फत १ खर्ब ५ अर्ब ४७ करोड कारोबार भएको छ ।






