काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आसन्न ६०औँ वार्षिक साधारण सभा तथा निर्वाचनलाई लक्षित गर्दै अञ्जन श्रेष्ठ नेतृत्वको समूहले आफ्नो प्यानल सार्वजनिक गरेको छ।

सोमबार काठमाडौंको लाजिम्पाटस्थित र्‍याडिसन होटल एण्ड रेसिडेन्सेस काठमाडौंमा आयोजित विशेष कार्यक्रममा श्रेष्ठ समूहले पदाधिकारी तथा कार्यकारिणी सदस्यका उम्मेदवारहरूको नाम घोषणा गरेको हो।कार्यक्रममा बोल्दै अञ्जन श्रेष्ठ ले आफूलाई महासंघको भावी अध्यक्षको बलियो दावेदारका रूपमा प्रस्तुत गरे। उनले व्यवसायीहरूको हित, निजी क्षेत्रको सुदृढीकरण र नीतिगत सुधारलाई प्राथमिकतामा राख्दै आफ्नो समूह अघि बढ्ने बताए।

श्रेष्ठ समूहले उपाध्यक्ष पदका लागि विभिन्न क्लस्टरबाट उम्मेदवारहरू सार्वजनिक गरेको छ। वस्तुगत संघतर्फबाट शिव प्रसाद घिमिरे, एशोसिएटतर्फबाट प्रवल जंग पाण्डे, जिल्ला–नगरतर्फबाट दिल सुन्दर श्रेष्ठ तथा सोही समूहबाट कृष्ण प्रसाद शर्मा लाई उम्मेदवार बनाइएको घोषणा गरिएको हो।

ADVERTISEMENT

आगामी निर्वाचनलाई लक्षित गर्दै विभिन्न समूहहरूले आ–आफ्नो रणनीति सार्वजनिक गरिरहेका बेला श्रेष्ठ समूहको प्यानल घोषणाले महासंघको चुनावी सरगर्मी थप बढाएको छ।

ADVERTISEMENT

तस्बिरहरु: