काठमाडौं । २०८१ कात्तिक मसान्तमा २७४८.७९ रहेको नेप्से सूचकाङ्ग २०८२ कार्तिक मसान्तमा २५४०.५८ कायम भएको छ । २०८२ कात्तिक मसान्तमा धितोपत्र बजार पुँजीकरण ४२ खर्ब ६५ अर्ब ६८ करोड कायम भएको छ । २०८१ कात्तिकमसान्तमा बजार पुँजीकरण ४३ खर्ब ७६ अर्ब ९० करोड रहेको थियो । २०८१ कात्तिक मसान्तमा बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादनको ७६.६७ प्रतिशत रहेकोमा २०८२ कात्तिक मसान्तमा ६९.८५ प्रतिशत रहेको छ ।

२०८२ कात्तिकमसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको सङ्ख्या २८३ पुगेको छ । सूचीकृत कम्पनीहरूमध्ये १३३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९७ जलविद्युत् कम्पनी २४ उत्पादन तथा प्रशोधन उद्योग, ८ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र १० अन्य समूहका रहेका छन् । २०८१ कार्तिकमा सूचीकृत कम्पनीहरूको सङ्ख्या २६७ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ५२.७ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १५.४ प्रतिशत लगानी कम्पनीको हिस्सा ७५ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.९ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ५० प्रतिशत, होटलको हिस्सा २.९ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा १०.६ प्रतिशत रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८२ कार्तिक मसान्तमा सूचीकृत   ९ अर्ब २ करोड सेयरको चुक्ता मूल्य रु।८८९ अर्ब ५३ करोड रहेको छ । आर्थिक वर्ष २०८२।८३ को चार महिनामा १९ अर्ब २ करोड बराबरको साधारण सेयर, ५ अर्ब ४१ करोड बराबरको हकप्रद सेयर ५ अर्ब बराबरको म्युचुअल फन्ड, ३ अर्ब ४० करोड बराबरको डिबेन्चर, २ अर्ब ४० करोड बराबरको बोनस सेयर र ९२ करोड ५० लाख बराबरको एफपीओ गरी कुल ३६ अर्ब १६ करोड बराबरको थप धितोपत्र समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ९ अर्ब ४३ करोड बराबरको म्युचुअल फण्ड, ३ अर्ब ७८ करोड बराबरको
सूचीकृत भएका छन् ।

हकप्रद सेयर र ३ अर्ब ३७ करोड बराबरको साधारण सेयर गरी कुल १६ अर्ब ५७ करोड बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ ।