यो साता सेयर बजार परिसूचक नेप्से २६ सय ५३ दशमलव ४० बिन्दुमा सीमित भएको छ। यसैगरी, ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि चार सय ५९ दशमलव ८१ बिन्दुमा सीमित भएको छ। साताका पाँचै कार्यदिन खुला रहेको नेप्सेको नियमित कारोबार कक्षमा दुई दिन उकालो लागे पनि बाँकी तीन कार्यदिन लगातार ओरालो लागेको थियो। जसका कारण नेप्सेले यो साता पनि उचाइ लिन सकेन।
यो साता तीन सय ६५ वटा कम्पनीहरूको सेयर कारोबार भएको छ। जसअनुसार नौ लाख ८३ हजार चार सय ४३ पटकको कारोबारमा चार करोड ३५ लाख ३२ हजार नौ सय २१ कित्ता सेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम १८ अर्ब ३२ करोड १९ लाख छ सय २७ रुपैयाँ पुगेको छ। यो कारोबार रकम गत साताको तुलनामा करिब दुई अर्ब रुपैयाँले कम हो।
गत साता तीन सय ५९ वटा कम्पनीहरूको सेयर कारोबार भएको थियो। जसअनुसार तीन लाख २२ हजार नौ सय ३० पटकको कारोबारमा चार करोड ३१ लाख ६४ हजार चार सय २७ कित्ता सेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम २० अर्ब एक करोड १४ लाख छ हजार चार सय ६९ रुपैयाँ पुगेको थियो। यो साता नेप्सेको नियमित कारोबार कक्ष पाँचै कार्यदिन खुला रहेको थियो। जसमध्ये तेस्रो र चौथो दिन नेप्से उकालो लागेको थियो भने बाँकी दिनहरूमा ओरालो लागेको थियो।
दैनिक सेयर कारोबारको विश्लेषण गर्दा साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक १६ दशमलव ५४ अंकले ओरालो लागेर दुई हजार छ सय ३२ दशमलव ९६ बिन्दुमा झरेको थियो। ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि एक दशमलव ८४ अंकले ओरालो लागेर चार सय ५५ दशमलव ८३ बिन्दुमा झरेको थियो।
दोस्रो कारोबार दिन मंगलबार पनि नेप्से परिसूचक २४ दशमलव ६३ अंकले ओरालो लागेर दुई हजार छ सय आठ दशमलव ३३ बिन्दुमा झरेको थियो। ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि तीन दशमलव ०४ अंकले ओरालो लागेर चार सय ५२ दशमलव ७९ बिन्दुमा झरेको थियो।
तेस्रो दिन बुधबार भने नेप्से परिसूचक ४४ दशमलव ५९ अंकले उकालो लागेर दुई हजार छ सय ५२ दशमलव ९३ बिन्दुमा पुगेको थियो। ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि पाँच दशमलव ७७ अंकले उकालो लागेर चार सय ५८ दशमलव ५७ बिन्दुमा पुगेको थियो।
चौथो दिन बिहीबार पनि नेप्से परिसूचक आठ दशमलव ७८ अंकले उकालो लागेर दुई हजार छ सय ६१ दशमलव ७१ बिन्दुमा पुगेको थियो। ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि तीन दशमलव ८९ अंकले उकालो लागेर चार सय ६२ दशमलव ४७ बिन्दुमा पुगेको थियो।
पाँचौँ दिन शुक्रबार भने नेप्से परिसूचक आठ दशमलव ३० अंकले ओरालो लागेर दुई हजार छ सय ५३ दशमलव ४० बिन्दुमा झरेको थियो। ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि दुई दशमलव ६५ अंकले ओरालो लागेर चार सय ५९ दशमलव ८१ बिन्दुमा झरेको थियो।
यो साता लक्ष्मी सनराइज बैंक, आँखुखोला जलविद्युत कम्पनी लिमिटेड आदिको सबैभन्दा बढी रकमको कारोबार भएको छ। सेयर कारोबार भएको संख्याका आधारमा पनि लक्ष्मी सनराइज बैंक, आँखुखोला जलविद्युत कम्पनी र नेपाल पुनर्बीमा कम्पनी लगायतका कम्पनी अगाडि देखिएका छन्। बजार पुँजीकरणका आधारमा नेपाल टेलिकम, नबिल बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अगाडि देखिएका छन्।
दैनिक सेयर कारोबार तालिका








