काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले गत आवको मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २४ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सेयरधनीलाई २१.०५ प्रतिशत लाभांश घोषणा गरेको हो ।

कम्पनीको हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र १६.०५ प्रतिशत नगद लाभांश (करसहित) घोषणा गरेको छ ।

ADVERTISEMENT

साथै, उक्त प्रस्ताव नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको २६औं वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण गर्ने कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।

ADVERTISEMENT