काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आवको मुनाफाबबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीके मंसिर २६ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सेयरधनीलाई कुल १४.७३ प्रतिशत लाभांश् घोषणा गरेको हो ।
बैठकले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशत बोनस सेयर र ०.७३६८ प्रतिशत नगद लाभांश (करसहित) लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
साथै, उक्त निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि अनुमोदनका लागि आगामी बार्षिक साधारणसभामा प्रस्ताव पेश गर्ने गरी पारित गर्ने निर्णय कम्पनीले गरेको छ ।







