काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले गत आवको मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर १० गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सेयरधनीहरुलाई ५.२३ प्रतिशत लाभांश घोषणा गरेको हो ।
कम्पनीके हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।
साथै, कम्पनीले लाभांश तथा बोनस सेयर स्वीकृतिको लागि कम्पनीले ११ औं वार्षिक साधारण सभाबाट प्रस्ताव पारित गरेपछि वितरण गर्ने कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।







