काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएकाे छ । बैंकले संस्थापक सेयरधनीहरुकाे नाममा रहेको ३० हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

बैंकले उक्त सेयर प्रतिकित्ता न्यूनतम १ सय ५ रुपैयाँमा तोकिएको छ । सेयर खरिदको लागि इच्छुक संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा आवेदन पेश गर्न सक्नेछन् ।

ADVERTISEMENT

साथै, तोकिएको समयभित्र बैंकका संस्थापक सेयरधनीहरूबाट निवेदन प्राप्त नभएमा अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रकृया अगाडी बढाउने बैंकले एक सूचनामार्फत जानकारी दिएकाे छ ।