काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले सेयरधनीलाई लाभांश दिने भएकाे छ । कम्पनीको मंसिर २२ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार गत आवको मुनाफाबाट सेयरधनीलाई ५ प्रतिशत (कर सहित) नगद लाभांश दिने भएको हो ।
साथै, कम्पनीले पुस २३ गते गर्न लागेको साधारणसभाबाट पारित भएपछि सेयरधनीहरूमा वितरण गर्ने कम्पनीले एक सूूचनामार्फत जानकारी दिएके छ ।







