काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले सेयरधनीलाई गत आवको मुनाफाबाट लाभांश् नदिने भएको छ । कम्पनीको मंसिर १२ गते बिहान ९ बजे बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो ।

बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गरी सोको स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने र सेयरधनीहरूलाई कुनै लाभांश वितरण नगर्ने निर्णय गरेको बैंकले एक सूचनामार्फत जानकारी दिएको छ ।

ADVERTISEMENT