काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजारमा उछाल आएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३४ अंकले बढेर २७९७.७१ विन्दुमा कायम भएको छ ।

मौद्रिक नीति सार्वजनिक भएपछि लगातार नेप्से परिसूचक बढेको हो । आज एक सय ९३ कम्पनीको सेयर मूल्य बढ्दा ५५ कम्पनीको मूल्य घटेको छ ।

ADVERTISEMENT

नेप्सेका अनुसार चार करोड ३१ लाख कित्ता सेयर किनबेच हुँदा १४ अर्बभन्दा बढी कारोबार भएको छ । आज केबीएल डिभेन्चर र थ्रीस्टार हाइड्रोवर कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै, ग्रिन डेभलपमेन्ट, एनआइबीएल स्टेबल फन्ड र माथिल्लो हेवा खोला हाइड्रोपावरले धेरै कमाएका छन् ।

बुटवलको ६१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । राधी विद्युत कम्पनीको ५६ करोड, सानिमा माइ हाइड्रोको ३९ करोड, लुम्बिनी बिकास बैकको ३४ करोड र साहस ऊर्जाको ३३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

ADVERTISEMENT