काठमाडौं।  लगानीकर्ताहरुको लागि यो साता शेयर बजार निराशाजनक देखिएको छ । नियमित कारोबारको लागि नेप्सेको कारोबार कक्ष सातामा पाँच कार्य दिन नैं खुलेको थियो । कारोबार कक्ष सबै दिन खुलेपनि यो साता दुई कार्य दिन अर्थात तेस्रो र पाँचौं दिन मात्र शेयरबजार उकालो लाग्यो । यि बाहेकका बाँकी दिनहरुमा कारोबार रकम संगै नेप्से परिसुचक पनि ओरालो लाग्यो । घट्दो शेयर बजार कै कारण यो साता लगानीकर्ताहरु निराश देखिए भने नेप्से परिसुचक पनि २७ सय ५८ दशमलव ४९ अंकमा सिमित हुन पुग्यो । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ७१ दशमलव ८९ अंकमा सिमित भयो ।

यो साता धितोपत्र बजारमा तीन सय ४८ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसअनुुसार दुई लाख ३० हजार चार सय पाँच पटकको कारोबारमा तीन करोड ६० लाख ९० हजार आठ सय ४२ कित्ता शेयर खरिद–बिक्री हुुँदा कुल कारोबार रकम १७ अर्ब ७५ करोड ६४ लाख ४० हजार आठ सय ५८ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा दुई अर्ब रुपैंयाँले कम हो ।   

ADVERTISEMENT

गत साता तीन सय ३९ वटा कम्पनीहरुको सेयर कारोबार भएका थिए । जसअनुुसार दुई लाख ६३ हजार एक सय ९७ पटकको कारोबारमा चार करोड १६ लाख ५४ हजार चार सय ६६ कित्ता शेयर खरिद–बिक्री हुुँदा कुल कारोबार रकम १९ अर्ब १० करोड ४२ लाख २८ हजार सात सय ८१ रुपैयाँ पुगेको थियो । यो साता नेप्सेको नियमित कारोबार कक्ष सातामा पाँच कार्य दिन नैं खुल्ला रहेको थियो । जसमध्ये तेस्रो र पाँचौं दिन उकालो लागेको नेप्से परिसुचक त्यसपछिका बाँकी दिनहरुमा ओरालोे लागेको थियो । 

ADVERTISEMENT

दैनिक शेयर कारोबारको बिश्लेषण गर्दा साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसुचक एक दशमलव शुन्य तीन अंकले ओरालो लागेर दुई हजार सात सय ३० दशमलव ९१ बिन्दुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव ५० अंकले उकालो लागेर चार सय ६८ दशमलव शुन्य पाँच बिन्दुमा चढेको थियो । दोस्रो कारोबार दिन मंगलबार पनि नेप्से परिसुचक छ दशमलव ५१ अंकले ओरालो लागेर दुई हजार सात सय २४ दशमलव ३९ बिन्दुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ६८ अंकले ओरालो लागेर चार सय ६७ दशमलव ३७ बिन्दुमा झरेको थियो । तेस्रो दिन बुधबार भने नेप्से परिसुचक ३० दशमलव शुन्य आठ अंकले उकालो लागेर दुई हजार सात सय ५४ दशमलव ४८ बिन्दुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ६८ अंकले उकालो लागेर चार सय ७१ दशमलव शुन्य छ बिन्दुमा चढेको थियो । चौथो दिन बिहिबार नेप्से परिसुचक १२ दशमलव ३६ अंकले ओरालो लागेर दुई हजार सात सय ४२ दशमलव ११ बिन्दुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ५७ अंकले ओरालो लागेर चार सय ६९ दशमलव ४८ बिन्दुमा झरेको थियो । पाँचौं दिन शुक्रबार भने नेप्से परिसुचक १६ दशमलव ३८ अंकले उकालो लागेर दुई हजार सात सय ५८ दशमलव ४९ बिन्दुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ४० अंकले उकालो लागेर चार सय ७१ दशमलव ८९ बिन्दुमा चढेको थियो । 

यो साता बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा आखुखोला जलबिद्युत कम्पनी लिमिटेड, रिलायन्स स्पीनिङ मिल्स आदि परेका छन् भने शेयर कारोबार भएको संख्याको आधारमा नेशनल हाईड्रोवार कम्पनी लिमिटेड, आखुखोला जलबिद्युत कम्पनी लिमिटेड आदि परेका छन् । बजार पुँजीकरणका आधारमा भने नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेका छन् ।

दैनिक सेयर कारोबार तालिका

ADVERTISEMENT