काठमाडौं । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार २०८१ असोज मसान्तमा २७४२.८९ रहेको नेपाल स्टक एक्सचेञ्न (नेप्से)  सूचकाङ्ग असोज मसान्तमा २४८.७१८ कायम भएको छ । असोज मसान्तमा धितोपत्र बजार पुँजीकरण ४१ खर्ब ५७ अर्ब ९० करोड कायम भएको छ ।

२०८१ असोज मसान्तमा बजार पुँजीकरण ४३ खर्ब ६१ अर्ब ४५ करोड रहेको थियो । २०८१ को असोज मसान्तमा बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादनको ७६.३९ प्रतिशत रहेकोमा २०८२ असोजमा ६८.०८ प्रतिशत रहेको छ ।

ADVERTISEMENT

असोज मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २७६ रहेको छ । सूचीकृत कम्पनीहरुमध्ये १२२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९४ जलविद्युत् २८०० कम्पनी, २३ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ९ अन्य समूहका रहेका छन् । २०६१ असोजमा सूचीकृत कम्पनीहरूको संख्या २६७ रहेको थियो ।

ADVERTISEMENT

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ५३.५ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १५.० प्रतिशत लगानी कम्पनीको हिस्सा ७६ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.८ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ५.० प्रतिशत होटेलको हिस्सा २.६ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १०.५ प्रतिशत रहेको छ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८२ असोज मसान्तमा सूचीकृत ८ अर्ब ९२ करोड सेयरको चुक्ता मूल्य ८७९ अर्ब ८६ करोड रहेको छ । आर्थिक वर्ष २०८२ र ८३ को तीन महिनामा १२ अर्ब ७८ करोड बराबरको साधारण सेयर २ अर्ब ४८ करोड बराबरको हकप्रद सेयर १ अर्ब ८३ करोड बराबरको बोनस सेयर र ९२ करोड ५० लाख बराबरको एफपीओ गरी कुल १८ अर्ब २ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

ADVERTISEMENT

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ६ अर्ब १८ करोड बराबरको म्युचुअल फण्ड, ३ अर्ब ७८ करोड बराबरको हकप्रद सेयर र ९९ करोड ४७ लाख बराबरको साधारण सेयर गरी कुल १० अर्ब ९५ करोड बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ ।