काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमाससम्मा २१ करोड ५५ लाख ५१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवको तुलनामा ४.९४ प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो आर्थिक वर्ष ०८१/०८२ सो अवधिमा २० करोड ५४ लाख ५ हजार रुपैयाँ आर्जन गरेको थियो ।
कम्पनीले असोज मसान्तसम्ममा कुल बीमाशुल्क १३ अर्ब ५० करोड ३८ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले कुल बीमाशुल्क ११ अर्ब ९६ करोड ८९ लाख रुपैयाँ आर्जन गरेको थियो ।
चालु आव असोजसम्ममा कम्पनीको खुद बीमाशुल्क १३ अर्ब ३६ करोड ९२ लाख रुपैयाँ रहेको छ भने अघिल्लो आव सो अवधिमा ११ अर्ब ८१ करोड १९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
चालु आवको असोजमसान्त सम्म्ममा कम्पनीको जीवन बीमा कोष २ खर्ब ४५ अर्ब ४९ करोड ९७ लाख रुपैयाँ रहेको छ भने अघिल्लो आव सोही अवधिमा जीवन बीमा कोषमा २ खर्ब ८ अर्ब ४४ करोड १६ लाख रुपैयाँ रहेको थियो ।
सो अवधिमा कम्पनीको महाविपत्ति कोषमा १ अर्ब ३४ करोड १८ लाख रुपैयाँ रहेको छ । अघिल्लो आव सो अवधिमा कम्पनीको महाविपति कोषमा १ अर्ब ३२ करोड रहेको थियो ।
सो अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ९.५५ रुपैयाँ रहेको छ भने पीई रेसियो ७७.९९ प्रतिशत रहेको छ । त्यस्तै, कम्पनीको प्रतिसेयर नेर्टवर्थ १ सय ३८.१४ रुपैयाँ रहेको छ भने औसत प्रतिफल दर ८.१० प्रतिशत रहेको छ ।






