काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले २०८३ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । सोमबार कम्पनीको प्रधान कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहका बीच क्यालेन्डर सार्वजनिक गरिएको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली, नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयाल, नेसनल सेल्स हेड उमापति पोखरेल, प्रमुख—बिजनेस अपरेसन ओमप्रकाश पुडासैनी, प्रमुख वित्त अधिकृत प्रेमप्रसाद रेग्मी र कम्पनी सचिव विनोदकुमार भुजेलले संयुक्त रुपमा क्यालेन्डर अनावरण गरेका हुन् । बिदाको सूची, पर्व, दिवस, पञ्चांग तिथि, तारिख समावेश गरी क्यालेन्डर सार्वजनिक गरिएको हो ।

प्रमुख कार्यकारी अधिकृत पराजुलीले आरोह अवरोहमा सदैव साथ दिने कर्मचारीहरु, सम्पूर्ण ग्राहक, कम्पनीको मेरुदण्डका रूपमा रहेका बीमा अभिकर्ताहरु, सेयरधनी महानुभावहरु, नेपाल बीमा प्राधिकरण, अन्य नियामक निकायहरुका साथसाथै सबै सरोकारवालाहरुलाई नयाँ वर्ष २०८३ को शुभकामना समेत व्यक्त गरे ।

ADVERTISEMENT

आगामी दिनमा कम्पनीलाई थप सशक्त बनाउन नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकहरुको सेवाको गुणस्तरीयतालाई थप प्रभावकारी बनाउन कम्पनीले समय सुहाउँदो योजना ल्याउने उनले घोषणा गरे ।

ADVERTISEMENT