काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८.२४ अंक घटेर २६२२.८९ विन्दुमा झरेको छ।
अघिल्ला दुई कारोबार दिन बढेको नेप्से आज भने घटेर बन्द भएको हो। नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ।

१३ उपसमूहमध्ये आज ६ उपसमूहको परिसूचक बढेको र १३ उपसमूहको परिसूचक घटेको छ। व्यापार उपसमूहको परिसूचक सबैभन्दा बढी ०.९३ प्रतिशत बढेको छ। कारोबारमा आएको जलविद्युत र जीवन बीमा उपसमूहको परिसूचक यस दिन १।०५ प्रतिशत घटेको छ।

ADVERTISEMENT

आइतबार नौ अर्ब २० करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज भने ३३३ स्टकको ५४ हजार ८९२ पटकको कारोबारमा ६ अर्ब पाँच करोड २२ लाख २६ हजार रुपैयाँबराबरको एक करोड २१ लाख ८५ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

आज शिवम् सिमेन्ट्स कम्पनीको ३७ करोड ६८ लाख रुपैयाँबराबरको कारोबार भएको छ। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब ३४ करोड र राधी विद्युत कम्पनीको साढे २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

सोमबार मुक्तिनाथ कृषि कम्पनी र एक्सेल डेभलपमेन्ट बैंकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। ९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८९ को मूल्य ७.०८ प्रतिशत बढेको छ । एभरेष्ट बैंक लिमिटेड इनर्जी बण्ड २०८९ को मूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ।