काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायक भिसा इन्टरनेशनलका दुई प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ ।
भिसा इन्टरनेशनलले आयोजना गरेको ‘भिसा लिडरसिप कन्क्लेभ’ कार्यक्रममा बैंकले ‘एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन’ र ‘एक्सिलेन्स इन भ्यालु एडेड सर्भिसेस’ विधामा अवार्ड प्राप्त गरेको हो ।
ग्राहकको बदलिँदो आवश्यकता र अपेक्षालाई सम्बोधन गर्न नवीन प्रविधिमा आधारित भिसाअन्तर्गतका विभिन्न बैंकिङ सेवा विकास तथा विस्तार गरेबापत बैंकलाई सम्मानित गरिएको हो ।
भिसाअन्तर्गत डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धन, नवीन बैंकिङ समाधानको कार्यान्वयन तथा ग्राहकलाई उत्कृष्ट सेवा र सुविधा प्रदान गर्दै थप सेवाको विस्तार गरेको मूल्यांकनस्वरूप बैंकले यी अवार्ड प्राप्त गरेको जनाएको छ ।
आधुनिक प्रविधिको उच्चतम प्रयोगमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको बैंकले यसअघि पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिसकेको छ । बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरेको छ ।
त्यस्तै, बैंकले युरोमनी अवार्ड फर एक्सिलेन्स २०२२, २०२४ र २०२५, बेस्ट बैंक ईएसजी नेपाल २०२४ तथा बेस्ट इम्प्लोयरलगायतका सम्मानसमेत प्राप्त गरेको छ ।
ग्लोबल आइएमई बैंक सबै ७७ जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने पहिलो निजी क्षेत्रको वाणिज्य बैंक हो । बैंकले हाल ३४१ शाखा, ३६६ एटीएम, १३६ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र विदेशस्थित तीन प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
यसका साथै बैंकले अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स र भारतलगायतका मुलुकबाट औपचारिक माध्यममार्फत विप्रेषण भित्र्याउँदै आएको छ । यसबाट बैंकले मुलुकको अर्थतन्त्रमा समेत योगदान पुर्याउँदै आएको जनाएको छ ।












