काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.४५ अंकले बढेर २८२४.९० विन्दुमा कायम भएको छ ।

दिनभर बजार सामान्य उतारचढावमै सीमित रह्यो । अघिल्लो दिन १४ अर्ब ५५ करोडको कारोबार भएकोमा आज १४ अर्ब ३२ करोडको भयो । आज तीन करोड ९५ लाख कित्ता सेयर किनबेच भएको गियो ।

ADVERTISEMENT

आइतबार १२४ कम्पनीको मूल्य बढ्दा १३० को घटेको छ । आज व्यापार समूह सबैभन्दा धेरै २.८३ प्रतिशत, बैंकिङ ०.२१, विकास बैंक ०.७४, फाइनान्स ०.२२, हाइड्रोपावर ०.०६, उत्पादन तथा प्रशोधन ०.१२, माइक्रोफाइनान्स ०.५, निर्जीवन बीमा ०.१६ प्रतिशतले बढेको छ ।

ADVERTISEMENT

ग्रिनलाइफ हाइड्रो कम्पनीको सबैभन्दा धेरै ८१ करोड बराबरको सेयर कारोबार भएको छ । रिडीपावरको ६७ करोड, नेसनल हाइड्रोपावरको ६२ करोड, हिमाल दोलखा हाइड्रोपावरको ५५ करोड र राधी विद्युत पावरको ४२ करोड बराबरको सेयर कारोबार भएको छ ।

चार कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा सोलु हाइड्रोपावर, साल्पा विकास बैंक र होटल फरेस्ट इन छन् । सोलु हाइड्रोपावर आजैबाट दोस्रो बजारमा कारोबारमा आएको हो ।

ADVERTISEMENT