काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३० अंकले बढेर २६३१ बिन्दुमा पुगेको छ ।

आज कारोबार रकम पनि बढेको छ । गत बिहीबार साढे सात अर्बको कारोबार भएकामा आज ३१९ स्टकको ६८ हजार ११२ पटकको कारोबारमा नौ अर्ब २० करोड ३१ लाख ४६ हजार रुपैयाँबराबरको दुई करोड ९७ लाख ३८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

ADVERTISEMENT

आज कारोबारमा आएका २०५ कम्पनीको सेयर मूल्य बढ्दा ४२ कम्पनीको घटेको छ । हिमालयन बैंक लिमिटेडको संस्थापक सेयर एक अर्ब ६६ करोड ५० लाख रुपैयाँबराबरको कारोबार भएको छ। युनियन हाइड्रोपावरको करिब साढे ३४ करोड र बुटवल पावर कम्पनीको कारोबार रकम २५ करोड रुपैयाँ नाघेको छ।

यसदिन पाँच कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । सामुदायिक अघुवित्त, गुँरास फाइनान्स, पञ्चकन्या माइ हाइड्रो, पिपुल्स पावर, तेह्रथुम हाइड्रो र गुह्येश्वरी मरचेन्टको सेयर १० प्रतिशतले बढ्यो ।

ADVERTISEMENT