काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २०.५६ अंकले घटेर २५४४.५९ बिन्दुमा पुगेर बन्द भएको हो ।
बुधबार ३ सय २१ कम्पनीको ८४ लाख ४ हजार ६ सय १६ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८४ करोड ८५ लाख ८६ हजार बराबर रुपैयाँको कारोबार भएको छ ।
बुधबार ४९ कम्पनीको सेयर मूल्य बढ्दा १ सय ९८ कम्पनीको सेयर मूल्य घटेको छ भने ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
बुधबार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ४० करोड ३४ लाख रुपैयाँ बराबर संकलन हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता १९ सय हजार ९५ रुपैयाँ पुगेको छ ।
साथै, आज भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी सहित ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने दरम खोला हाइड्रोपावरको सेयर मूल्य ८.७२ प्रतिशतले घटेको छ ।








