काठमाडौं — सर्लाहीको गोडैता नगरपालिकामा आत्मदाह प्रयास गरेका विवेक मण्डलको स्वास्थ्य अवस्था अझै चिन्ताजनक रहेको छ।

शुक्रबार हेलिकप्टरमार्फत काठमाडौं ल्याइएका मण्डललाई साँझ करिब साढे ७ बजे कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो।

ADVERTISEMENT

चिकित्सकका अनुसार उनको उपचार जारी रहे पनि अवस्था गम्भीर रहेको छ।

ADVERTISEMENT

यसैबीच, नेपाली कांग्रेसका नेता गगन थापा उपचाररत मण्डलको स्वास्थ्य अवस्थाबारे जानकारी लिन कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका छन्।

सर्लाहीकै तथा आफ्नो निर्वाचन क्षेत्रका बासिन्दा रहेका मण्डलको अवस्थाबारे जानकारी लिन थापा अस्पताल पुगेका हुन्।

ADVERTISEMENT

अस्पतालमा थापाले चिकित्सकसँग उपचारको प्रगतिबारे जानकारी लिनुका साथै विवेक मण्डलका परिवारजनसँग भेट गरी धैर्य रहन आग्रह गरेका छन्।

साथै, उनले घटनाप्रति आफ्नो चासो व्यक्त गर्दै आवश्यक सहयोगका लागि प्रतिबद्धता जनाएका छन्।