काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजारमा हरियाली छाएको छ । आइतबार उच्च अंकले घटेको सेयर बजार दोस्रो दिन भने बढेको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४४.२५ अंकले बढेर २५४७.६० बिन्दुमा उक्लिएको छ। आइतबार ६ अर्ब ७० करोड रुपैयाँको कारोबार भएकामा आज ३३० स्टकको ४८ हजार ८३६ पटकको कारोबारमा चार अर्ब ९७ करोड ५४ लाख ८ हजार रुपैयाँबराबरको ९९ लाख चार हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

ADVERTISEMENT

दुई सयवटा कम्पनीको सेयर मूल्य बढ्दा बजारमा ४४ वटा कम्पनीको सेयर मूल्य घटेको छ । आठवटा कम्पनीको स्थिर छ।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको ३१ करोड ९१ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। साथै, नेपाल पुनर्बीमा कम्पनीको करिब साढे २६ करोड र केबिएल डिबेञ्चर २०९० को कारोबार रकम २४ करोड रुपैयाँ नाघेको छ।

तीन स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। नेपाल माइक्रो इन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। इमर्जिङ्ग नेपाल र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सेयरमूल्य करिब १० प्रतिशत बढेको छ।