काठमाडौं । साताको चौथो कारोबार दिन बिहीबार सेयर बजार घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८.५० अंक घटेर २६५१.५२ विन्दुमा झरेको छ।

१३ मध्ये १२ उपसमूहको परिसूचक घटेको छ। उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य अंकले बढेको हो। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.९६ प्रतिशत घटेको छ।

ADVERTISEMENT

नेप्सेसँगै कारोबार रकममा उच्च गिरावट आएको छ। बुधबार चार अर्ब ४१ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज ३३८ स्टकको ४६ हजार ७५१ पटकको कारोबारमा दुई अर्ब ८३ करोड ८२ लाख ७९ हजार रुपैयाँबराबरको ६४ लाख ८० हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

बिहीबार सोपान फर्मास्यूटिकल्स कम्पनीको १२ करोड ७७ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। रिलायन्स स्पिनिङ मिल्सको १२ करोड र सप्तकोशी डेभलपमेन्ट बैंकको कारोबार रकम साढे १० करोड रुपैयाँ नाघेको छ।

ADVERTISEMENT

आज पनि दुई स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बालिङ हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

कालिका लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १३ प्रतिशत र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। भुजुङ हाइड्रोपावरको सेयरमूल्य ११.०३ प्रतिशत घटेको छ।