काठमाडौं । अविरल वर्षापछि प्राकृतिक विपत्तिमा परी ४० जनाले ज्यान गुमाएका छन् । जसमध्ये सबैभन्दा बढी मानवीय क्षति इलाममा भएको छ ।

बाढीपहिरो, चट्याङ तथा सवारी दुर्घटनामा परी १३ जना घाइते भएका सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।

ADVERTISEMENT

पहिरोमा पुरिएर इलामका विभिन्न ठाउँमा २८ जनाको शव फेला परेको छ। सशस्त्र प्रहरीका अनुसार सूर्योदय नगरपालिका–१ मा पाँच, इलाम नगरपालिका–६ मा ६, देउमाई नगरपालिकामा दुई, खापखुकपुङ गाउँपालिकामा एक, माङ्सेबुङ गाउँपालिकामा तीन, माइजोकमाई नगरपालिकामा आठ र सन्दकपुर गाउँपालिकामा तीनजनाको मृत्यु भएको हो।

ADVERTISEMENT

प्रहरीले दिएको जानकारीअनुसार अझै केही व्यक्ति हराइरहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।

यस्तै, पाँचथरमा ६, रौतहटमा तीन, उदयपुरमा दुई, खोटाङमा एकजनाको मृत्यु भएको छ । यसैगरी, इलाममा पाँच, रसुवामा चार, बारा र काठमाडौंमा एक–एक गरी ११ जना बेपत्ता भएका छन् ।

ADVERTISEMENT